१० असार २०८३, बुधबार

७ सय सेनालाई ७ लाखको सुरक्षा जिम्मेवारी

कात्तिक २०, २०७४
७ सय सेनालाई ७ लाखको सुरक्षा जिम्मेवारी
साउथ सुडान, २३ असोज- संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि साउथ सुडानस्थित रुम्बेकमा खटिएका करिब ७ सय नेपाली सेनालाई ७ लाख जनताको सुरक्षा जिम्मेवारी परेको छ, आजको राजधानी दैनिकमा खबर छ ।army_1
विश्वको कान्छो मुलुक दक्षिण सुडानको राजनीतिक तनाव कम गर्ने उद्देश्यका साथ शान्ति मिसनका लागि खटिएको नेपाली सेनाले साउथ सुडानको रुम्बेकमा रहेको सो जनसंख्याको जिम्मेवारी वहन गरिरहेको छ । हाल रिपुमर्दन गणले सो जिम्मेवारी लिएको छ ।

दुई दशकभन्दा लामो गृहयुद्धपछि पाँच वर्षअघि मात्र स्वतन्त्र भएको दक्षिण सुडानमा राजनीतिक तनाव जातीय युद्धमा परिणत भएपछि सो देश विश्वकै सबैभन्दा असुरक्षित देश बन्न पुगेको थियो । त्यही असुरक्षित सिंगो देशको सुरक्षा नेपाली सेनाको जिम्मामा छ ।

salt training

कमेन्ट गर्नुहोस्