काठमाडौँ, २३ असोज- सर्बोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि खड्का निगम फर्कने तयारीमा छन् ।

तर, उनलाई आपूर्ति मन्त्रालयमा हाजिर गराउने तयारी भएको खबर नयाँ पत्रिकामा छ । ‘खड्कालाई निगम जान दिइन्न,’ स्रोतले भन्यो, ‘मन्त्रालयमा हाजिर गराउने हो ।’ निगम प्रमुखमा मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी दिइएको छ ।
अदालती प्रक्रिया नटुंगिएसम्म आचार्य नै निगम प्रमुखको जिम्मेवारीमा रहने मन्त्रालयले जनाएको छ । अदालतलाई आगामी १५ दिनभित्र खड्का हटाउनुको चित्तबुझ्दो कारण पेस गर्ने मन्त्रालयको तयारी छ । सोमबार कानुनसम्बद्ध कर्मचारी र अन्य विज्ञसँग आवश्यक छलफल गरी स्पष्टीकरण पेस गर्ने मन्त्रालयको योजना छ ।