२६ जेठ २०८३, मंगलबार

साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने

फागुन १६, २०८०
काठमाडौं
साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् । फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध बिहीवार राति हुने फाइनल खेल गुमाउने भएकी हुन् ।

क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डोभित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

‘सावित्रा जोर्डन विरुद्धको फाइनलका लागि राष्ट्रिय टोलीमा छनोटका लागि उपलब्ध नहुने स्पष्ट पार्न चाहन्छौं। यसबाट हाम्रा फ्यानहरूमा निम्त्याउन सक्ने निराशालाई हामी स्वीकार गर्छौं र सावित्राको अनुपस्थिति निस्सन्देह महसुस हुनेछ भनी बुझ्छौं,’ एन्फाले सामाजिक सन्जालमा लेखेको छ।

salt training

कमेन्ट गर्नुहोस्