२६ जेठ २०८३, मंगलबार
टी–२० क्रिकेट शृंखला

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

फागुन १६, २०८०
काठमाडौं
नेदरल्यान्ड्सले नेपाललाई  दियो १८५ रनको लक्ष्य

त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रन बनाएको हो । ​​

नेदरल्यान्ड्सका लागि माइकल लेभिट्ले ५४ रन बनाए । यस्तै,  सीब्राण्ड इङगेल्ब्रेच्टले ४९ र स्कट इडवार्डले ३३ रन बनाए । 

नेपालका लागि करण केसी र कुशल मल्लले एक/एक विकेट लिए । दुई जना भने रन आउट भएका थिए । 

मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्