१२ असार २०८३, शुक्रबार

मोरङमा ३० हजारभन्दा बढी घरेलु उद्योग सञ्चालन, ३ लाखलाई रोजगारी

फागुन १६, २०८०
काठमाडौं
मोरङमा ३० हजारभन्दा बढी घरेलु उद्योग सञ्चालन, ३ लाखलाई रोजगारी

मोरङमा साना तथा घरेलु उद्योग सङ्घ अन्तर्गत ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा ४५ अर्ब रुपैयाँ लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औं साधारण सभा र १२ औं जिल्ला अधिवेशनका सन्दर्भमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चेतनाथ निरौलाले जानकारी दिए ।

अधिवेशनमा जिल्लामा उत्पादित कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न  वस्तुहरू, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामग्रीसहित एक दिवसीय प्रदर्शनीको आयोजना गरिने छ ।

घरेलु उद्योगको प्रोत्साहनका लागि नेपाल सरकार र प्रदेश सरकारले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत रु पाँच लाख, लघु, घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्र काठमाडौंमार्फत् अनुदानमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रममा २० लाख रुपैयाँ उपलब्ध गराइएको अध्यक्ष निरौलाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्