०१ असार २०८३, सोमबार

यी हुन् इलोक्ट्रोनिक म्यान, चार सय चालीस भोल्टको करेन्टले पनि कुनै असर गर्दैन

कात्तिक २०, २०७४
 यी हुन् इलोक्ट्रोनिक म्यान, चार सय चालीस भोल्टको करेन्टले पनि कुनै असर गर्दैन

काठमाडौं, २३ असोज – अबसम्म स्पाइडरम्यान, सुपरम्यान तथा शक्तिमानजस्ता भूमिकामा त थुप्रै फिल्म बने तर अब इलेक्ट्रोनिक म्यानको भूमिकामा पनि यस्तै फिल्म बन्न सक्ने देखिन्छ । भारतको उत्तर प्रदेशको मुजफ्फनगरमा एक यस्ता व्यक्ति भेटिएका छन्, जसलाई ४ सय चालीस भोल्टको बिजलीको करेन्टले पनि केही असर गर्दैन । त्यो पनि विना कुनै सुरक्षा उपकरणका साथ ।

उनले विना कुनै सुरक्षाको उपकरणका साथ बिजुलीको नांगो तार छुन सक्छन् । त्यति मात्र होइन, यी व्यक्तिले चलिरहेको हिटरलाई पनि छुन सक्छन् । न त कुनै करेन्ट लाग्छ, न त यीनलाई ४ सय ४० भोल्टको करेन्टले छुन नै सक्छ ।

मूल रुपमा यी व्यक्तिले भारतको उत्तर प्रदेशको जनपद मुजफ्फरनगरको थाना सिविल लाइन क्षेत्रमा बस्ने नरेश कुमार आफ्नो यही अचम्मको कारणले गर्दा चर्चामा छन् । पोष्टमार्टम हाउसमा लाश चिर्न सहयोग गर्ने यी व्यक्तिले एकपटक बिजुलीबाट मृत्यु भएको युवाको लाश चिर्दै गर्दा लाशको झट्काले फालेको र त्यही दिनदेखि आफ्नो शरीरमा नयाँ परिवर्तन आएको बताउँछन् ।

त्यो घटनापछि नरेशमा जस्तोसुकै करेन्ट पनि सामान्य भएको छ । उनले अहिले बिजुलीको तार नांगो हातले नै छुने र काम गर्ने गरेका छन् ।

शुरुमा नरेशले भनेको कुरा कसैलाई पनि पत्यार लागेन तर पछि भने परिवारलाई पनि यो कुराको विश्वास लाग्न थाल्यो । अहिले भने नरेशका भाइ प्रमोद, छोरो सोनु र छोरी ज्योति बुबाको यो खुबीका कारण खुशी छन् । उनीहरु चाहन्छन् कि, नरेशले यही खुबीकै कारणले गर्दा आफ्नो नाम पूरै विश्वमा चिनाउन सकून् ।

salt training

कमेन्ट गर्नुहोस्