२९ जेठ २०८३, शुक्रबार

राप्रपा सरकारमा जाने, कमल थापा गृहमन्त्री !

कात्तिक २०, २०७४
राप्रपा सरकारमा जाने, कमल थापा गृहमन्त्री !

काठमाडौं, २३ असोज– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा  सरकारमा सहभागी हुने भएको छ । सोमवार आकस्मिकरुपमा बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेको राप्रपाका नेता भुवन पाठकले जानकारी दिए ।


सरकारमा जाने विषयमा गरिएको निर्णय पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सार्वजनिक गरिने जनाइएको छ । बैठक अहिले जारी छ ।

प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी दिने जनाइसकेका छन् ।

राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले पनि पार्टी सरकारमा जान लागेको संकेत गरे । ‘लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेपछि राप्रपा सरकारमा आओस् भन्ने प्रधामनन्त्रीज्यूको चाहाना छ,’ बर्तौलाले लोकान्तरसँग भने, ‘यसबारे केन्द्रीय कार्यसम्पादन समितिले आवस्यक निर्णय गर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्