
काठमाडौं, २३ असोज — अयोध्यामा राम मन्दिर निर्माणका लागि विश्व हिन्दू परिषद्ले पत्थरहरू ल्याउन थालेको छ ।

परिषद् सूत्रका अनुसार, अघिल्लो महिनादेखि अहिलेसम्म करीब २० ट्रक पत्थर अयोध्या पुगिसकेका छन् । ती पत्थरहरू रामसेवकपुरमा राखिएका छन् ।
पत्थरहरूलाई त्यहीँ नै घोटेर तयार पारिँदैछ ।
प्रत्येक दिन आठ मिस्त्रीले पत्थर घोटिरहेको बताइएको छ ।
परिषद्ले जारी गरेको नमूनाअनुसार, प्रस्तावित मन्दिरको उचाइँ १२८ फीट, लम्बाइ २६९ फीट पाँच इन्च र चौडाइ १४० फीट छ । दुईतल्ले मन्दिरमा कुल २१२ खम्बा हुनेछन् ।
प्रत्येक खम्बामा १६ मूर्ति हुनेछन् ।
मन्दिरको भुइँसमेत करीब ७० प्रतिशत पत्थर घोटिसकिएको बताइएको छ । मन्दिर निर्माण भएपछि यही पत्थर प्रयोग गर्ने परिषद्ले दाबी गरेको छ ।
एजेन्सी