
काठमाडौं, २३ असोज – अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ ले यसवर्ष भव्य व्यापार गर्ने चलचित्रमा नाम लेखायो । यसैको व्यापारबाट हौसिएकी झरना थापाले छिटै नै नयाँ चलचित्र निर्माण गर्ने बताउँदै आएकी थिइन् । यतिबेला भने उनले अब निर्माण हुने चलचित्रको नाम घोषणा गरेकी छिन् ।
दाङमा आयोजित एक कार्यक्रममा अभिनेत्री थापाले चलचित्र ‘भागवत गीता’ निर्माण गर्ने भएकी हुन् । लभ स्टोरी चलचित्र ‘ए मेरो हजुर २’ को सिक्वेल बनाउने बारेमा सोचिरहेका बेलामा उनले नयाँ चलचित्रको घोषणा गरेकी हुन् । यस वर्षको अन्तिमदेखि काम शुरु हुने गरी चलचित्रको काम थालिएको छ । तर फिल्मका बारेमा अरु कुरा भने सार्वजनिक गरिएको छैन ।