
काठमाडौं, २३ असोज- जिल्ला अदालत काभ्रेमा कार्यरत नायब सुब्बालाई १ लाख २५ हजार घूस लिँदै गर्दा अख्तियार अनुसन्धान अयोगको टोलीको पक्राउ गरेको छ ।
नायव राजेन्द्र खत्रीलाई अख्तियारको टोलीले अदालत परिसरमै सेवाग्राहीबाट घूस लिँदै गर्दा पक्राउ गरेको हो । सुराकीको आधारमा अदालत पुगेको अख्तियारको टोलीले सोमबार मध्यान्ह उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।