
काठमाडौं, २३ असोज – युट्युबले हरेक देशमा हेरिने भिडियोलाई हेरेर त्यही देशको युट्युबको ट्रेन्डिङमा देखाउँछ भन्ने तपाईलाई थाहै होला । यतिबेला नेपालको युट्युबको ट्रेन्डिङमा हिन्दी चलचित्र ‘इत्तेफाक’ को ट्रेलर परेको छ ।
१९६९ को हिन्दी फिल्मको रिमेक उक्त फिल्म सस्पेन्स थ्रीलर फिल्म हो भने चलचित्रमा सिद्धार्थ मल्होत्रा, सोनाक्षी सिन्हा, अक्षय खन्ना लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई अभय चोपराले निर्देशन गरेका हुन् ।