१४ असार २०८३, आइतबार

महाशिवरात्रीको अवसरमा हेटौंडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड

फागुन २५, २०८०
काठमाडौं
महाशिवरात्रीको अवसरमा हेटौंडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड

महाशिवरात्री पर्वका अवसरमा हेटौंडामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि पूजापाठ गर्नेको घुइँचो लागेको छ ।

हेटौंडा–४ स्थित हुप्राचोरमा रहेको सो मन्दिरमा पूजापाठका विभिन्न सामग्रीसहित महिला, बालबालिका, वृद्धवृद्धा तथा पुरुष बिहानदेखि पूजा गर्न लाम लागेका छन् ।

कडा सुरक्षा व्यवस्था रहेको सो मन्दिरको एक किलोमिटर अगाडिदेखि दुईतर्फी पूजा गर्ने लाम लागेको छ । मन्दिरमा हेटौंडा बजारलगायत दुर्गम तथा ग्रामीण क्षेत्रका बासिन्दा आएका छन् ।

चोखो भई आजको दिन उपवास गरी शिव मन्दिरमा गएर बेलपत्र, धतुर, पुष्पमाला, फूल, अक्षत दूध तथा दही, तिललगायत मिष्ठान र फलफूल चढाउनाले सुख, समृद्धि तथा आरोग्य र दीर्घायु प्राप्त हुने जनविश्वास रहेको छ ।

मन्दिरमा भजन कीर्तनसमेत भइरहेको छ ।

आजको दिन हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानमा रहेको शिव मन्दिरका साथै हेटौंडाका अन्य शिव मन्दिरमा पूजा गर्नेको घुइँचो लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्