०९ साउन २०८३, शनिबार

मैत्रीपूर्ण खेलमा नेपाली सेनाको बज्रदल गण विजयी

फागुन २६, २०८०
बाँके
मैत्रीपूर्ण खेलमा नेपाली सेनाको बज्रदल गण विजयी

बाँकेको राँझास्थित बज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली सेना विजयी भएको छ ।

महाशिवरात्रि तथा २ सय ६१औं सेना दिवसका अवसरमा बज्रदलले आयोजना गरेको मैत्रीपूर्ण खेलमा आज नेपाल प्रहरीलाई​ एकका विरुद्ध दुई गोल गर्दै नेपाली सेना विजयी भएको हो ।​​​

बज्रदल गणका तर्फबाट सुमन थारू र निरज खातीले १/१ गोल गरे ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय बाँकका तर्फबाट अनिल चौधरीले खेलको १७ औ मिनेटमा एक गोल गरेका थिए ।

यसैगरी, उक्त मैत्रीपूर्ण भलिबल खेलमा बज्रदल गणले नै विजय हासिल गरेको छ ।​

बज्रदल गण र बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण मुख्यालय वागेश्वरीबीच भएको भलिबल खेलमा २५–१७, २५–१४ को सेटले सशस्त्रलाई पराजित गर्दै बज्रदल गणले जीत हात पारेको हो ।

प्रतियोगिताका विजयी खेलाडीलाई जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंले नगद रु १० हजार पुरस्कार प्रदान गरेका थिए । विभिन्न संस्थालाई सम्मान गरिएको थियो । 

मैत्रीपूर्ण फुटबल र भलिबल खेलको उद्घाटन सत्रमा न्यायाधीश प्रसाईं, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, चार नम्बर वाहिनीका वाहिनीपति सहायकरथी प्रकाश थापा, बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विमल डाँगी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख ओम खड्कालगायत उपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्