
फिल्म ‘काँडेतार’ प्रदर्शन नगराउने निर्णय भएको छ । निर्माण कम्पनी सामना फिल्मसले हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएका कारण शनिबारदेखि प्रदर्शन नगराउने निर्णय भएको जनाएको छ ।
हिन्दी फिल्मलाई करिब ११५ वटा शो उपलब्ध गराइएको भएपनि ‘काँडेतार’ लाई मुस्किलले करिब २३ वटा शो दिइएको निर्माण पक्षले दाबी गरेको छ ।