
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गरेको छन् ।
नेपाल तयारी पोसाक उद्योग संघको वार्षिक साधारणसभामा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।
अबको करिब एक महिनामा आयोजना हुने महासंघको ५८औँ वार्षिक साधारणसभामा सबै राजनीतिक दललाई उक्त आग्रह गरिने पनि अध्यक्ष ढकालले जानकारी दिए ।
उनले अहिले बजारमा माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताए ।
यसैगरी, निजी क्षेत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उनले आग्रह गरे ।
गाउँ र शहरमा रकम प्रवाह गर्न पुनर्कर्जा सुविधा र पुँजीगत खर्च बढाउनु पर्नेमा पनि उनले जोड दिए ।