२५ जेठ २०८३, सोमबार

‘उपहार’को उत्साहजनक व्यापार, हलमा देखियो पूजाको यस्तो क्रेज

फागुन २७, २०८०
काठमाडौं
‘उपहार’को उत्साहजनक व्यापार, हलमा देखियो पूजाको यस्तो क्रेज

महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले उत्साहजनक सुरुवात गरेको छ । 

शुक्रवार उत्साहजनक व्यापार गरेको फिल्मले शनिवार धेरै हलमा ‘हाउसफुल’को व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

राजधानीको सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभिज बिएसआर, ल्होत्से मलसहित मोफसलका हलमा शनिवार बिहानैदेखिका शो ‘हाउसफुल’ भएका थिए । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेता मुकुन भुसाल लगायतको टिम शनिवार उपत्यकाका हलमा दर्शकसँग भेटघाटमा व्यस्त रहे । 

हलमा अभिनेत्री पूजा शर्माको लोभलाग्दो क्रेज देखियो । बालाजुस्थित अष्टनारायण हल पुग्दा पूजा दर्शकको ठूलो भीडमा घेरिन् पुगिन् ।

उनीसँग तस्वीर खिचाउन दर्शकहरू ठेलमठेल गरेको देखियो । फिल्मलाई दर्शकले निकै माया दिएको भन्दै पूजाले खुशी व्यक्त गरिन् । फिल्मले दर्शकबाट प्रतिक्रिया पनि एकदमै सकारात्मक पाएको छ । 

आइतवार पनि धेरै हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । सोमवार सार्वजनिक बिदा भएका कारण त्यसको फाइदा पनि फिल्मलाई हुने देखिएको छ । फिल्मले दर्शकको साथ पाएसँगै केही हलले शो समेत बढाएका छन् ।

निर्माण पक्षले फिल्मको आधिकारिक कमाइ भने सार्वजनिक गरेको छैन । 

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । 

फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । 

फिल्मको वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्