×

NMB BANK
NIC ASIA

सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष र अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं | फागुन २७, २०८०

NTC
Premier Steels

महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुक, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Muktinath Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहनपुर जाने बाटोको ढलान गर्दा अनियमितता गरेको आरोपमा आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाको वडा नम्बर ६ स्थित इसरानको घरदेखि पूर्व मोहनपुर जाने बाटोको ढलान कार्यमा अनियमितता भएको आयोगको दाबी छ ।


Advertisment
Nabil box
Kumari

योजना, बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरचोकसम्म पीसीसी  ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराइ करारको इञ्जिनियरबाट इस्टिमेट र मूल्याङ्कन गराई अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।

Vianet communication

आर्थिक वर्ष २०७७/०७८ मा बेचन पण्डित, इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म पीसीसी ढलान र नाला निर्माण योजनाको कार्यमा अनियमितता भएको भन्दै मुद्दा दायर गरिएको हो ।

गलत नापी किताब, भुक्तानी सम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरेको, स्वीकृत लागत अनुमान बमोजिमको कार्य भएको भनी अनुगमन प्रतिवेदन दिएको, बिल अनुसारको भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिवादी श्यामकिशोर मण्डलले उक्त योजनाको लागत अनुमान तयार गरेको, गलत नापी किताब, बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको उल्लेख छ । 

साथै प्रतिवादी ओम कुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाह देखि उमरपुर चौकसम्म योजनाको बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन मनासिव देखिएको रायसहितको टिप्पणी आदेश पेश गरेको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सोही योजनाको स्थलगत अनुगमन गरी अनुगमन प्रतिवेदन समेत दिएबाट बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म ढलान र नाला निर्माण उपभोक्ता समितिलाई ४ लाख ३ हजार ५८१ रुपैयाँ बढी रकम भुक्तानी दिई भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष फारुखको मृत्यु भएपनि उनी विरुद्ध मुद्दा दायर गरिएको छ । साथै अध्यक्ष फारुखकी श्रीमती सदरुन निशाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

त्यस बाहेक उपभोक्ता समितिका पदाधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x