१७ असार २०८३, बुधबार

प्रधानमन्त्रीले फागुन ३० मा विश्वासको मत लिने पत्र संसद सचिवालयमा

फागुन २७, २०८०
काठमाडौं
प्रधानमन्त्रीले फागुन ३० मा विश्वासको मत लिने पत्र संसद सचिवालयमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने निश्चित भएको छ । उनले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयमा पत्राचार भएको छ । 

संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिँदै संघीय संसद सचिवालयले अब कार्यसूची तय गर्ने बताए । 
गत फागुन २१ गते प्रचण्डले एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।  संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्नेै भएपछि प्रचण्डले आवश्यक प्रक्रिया अघि बढाएका हुन् । गठबन्धनमा आवश्यक बहुमत रहेकाले प्रचण्डले विश्वासको मत पाउने पनि पक्कापक्की छ । 

salt training

कमेन्ट गर्नुहोस्