२३ असार २०८३, मंगलबार

एमाले गोरखा जिल्ला अध्यक्षमा थापा विजयी

फागुन २८, २०८०
काठमाडौं
एमाले गोरखा जिल्ला अध्यक्षमा थापा विजयी

नेकपा एमाले गोरखाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् ।

गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित बनेका पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए ।

थापाले दुई सय ८० मत प्राप्त गरेका थियो भने उनका निकटतम प्रतिस्पर्धी नेपालीले दुई सय पाँच मत प्राप्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष थापा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिन्छन् भने नेपाली पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर मानिन्छन् । सर्वसम्मतरुपमा नेतृत्व चयनको प्रयास असफल भएपछि दुवै पक्षबीच प्यानल नै बनाएर प्रतिस्पर्धा भएको हो ।

निर्वाचनमा पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा मेनबहादुर अधिकारी विजयी भएका छन् । अधिकारी दुई सय ७० मत ल्याएर उपाध्यक्षमा विजयी बनेका हुन् भने उनका प्रतिस्पर्धी कमल दानीले एक सय २१ र अर्का प्रतिस्पर्धी कृष्ण काप्रीले ७१ मत प्राप्त गरेका थिए । 

त्यस्तै अधिवेशनबाट पार्टी जिल्ला कमिटीको उपसचिवमा दुई सय ६५ मत ल्याएर मनोज जोशी र उपसचिव महिलातर्फ शान्ति चापागाईं विजयी भएका छन् ।

एमालेमा ९९ सदस्सीय कार्यसमिति रहने व्यवस्था रहेको छ ।​

सोमध्ये ८९ प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर आउने र  १० जना भने कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको सचिव रोकाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्