२६ जेठ २०८३, मंगलबार

पाँचपोखरी सफाइ अभियान : ५ सय किलो फोहोर सङ्कलन

फागुन २८, २०८०
सिन्धुपाल्चोक
पाँचपोखरी सफाइ अभियान : ५ सय किलो फोहोर सङ्कलन

प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ ।

‘पर्यटन प्रबर्द्धनमा हाम्रो दृष्टि, सफा राखौं आफ्नो सृष्टि’ भन्ने नाराका साथ पाँच दिने सरसफाइ अभियान सम्पन्न गरिएको हो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान शुरू गरिएको न्यू भिजन नेपालका संयोजक अशोक शर्माले जानकारी दिए ।

पाँचपोखरी थाङ्पाल नगरपालिकाको कार्यालयदेखि पाँचपोखरीसम्म कुहिने र नकुहिने गरी पाँच सय किलो फोहोर सङ्कलन गरिएको उनले बताए ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका, नेपाल पर्यटन बोर्ड र न्यू भिजन नेपालको मुख्य आयोजनामा तथा गरिमा भ्वाइस टुर एन्ड ट्राभल्सलगायत संस्थाको समन्वयमा विश्वकै नवौं अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो ।

पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नै पर्ने पर्यटकीय स्थलको सूचीमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।​

जनै पूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्रीको जथाभावी प्रयोगले वातावरणमा असर पर्ने भएकाले सरसफाइ अभियान सञ्चालन गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्