
नयाँ समीकरण बनेदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदै आएको छ । यसै सिलसिलामा प्रचण्ड र ओलीबीच सोमवार भेटवार्ता भएको छ।
भेटमा भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, सरकारको साझा न्यूनतम् कार्यक्रम र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए ।
‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत, सरकारको साझा न्यूनतम् साझा कार्यक्रम, समसामयिक राजनीतिसहितका विषयमा उहाँहरूबीच सोमवार एक घण्टा बढी कुराकानी भयो’, आचार्यले भने ।
विश्वासको मत दिनका लागि प्रधानमन्त्रीले सबै दललाई आह्वान गर्ने जानकारी पनि उनले दिए । ‘फागुन ३० गते संसदमा विश्वासको मत लिँदा प्रधानमन्त्रीले बोलेर आह्वान गर्नुहुन्छ नै त्यो भन्दा अगाडि नै प्रधानमन्त्री र पार्टीको पार्टीको तर्फबाट आह्वान गर्नुहुन्छ ।’
भोलि माओवादीले राष्ट्रिय सभाको अध्यक्ष जितेपछि उपाध्यक्षबाट उर्मिला अर्यालले तत्काल राजीनामा दिनेबारे पनि दुई नेताबीच छलफल भएको छ ।
सरकारको साझा न्यूनतम् कार्यक्रमको लागि दलहरूले कार्यदलले सरकारलाई गाइडलाइन दिने आचार्य बताउँछन् ।
गठबन्धनका सबै पार्टीले कार्यक्रमका लागि सुझाव दिएपछि एमालेका उममहासचिव विष्णु रिमालले कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने तयारी गरेका छन् ।