०५ साउन २०८३, मंगलबार

हिजबुल्लाह लडाकुद्वारा इजरायलतर्फ १०० वटा रकेट प्रहार, इजरायली पक्षको हवाई प्रत्याक्रमण

फागुन २९, २०८०
काठमाडौं
हिजबुल्लाह लडाकुद्वारा इजरायलतर्फ १०० वटा रकेट प्रहार, इजरायली पक्षको हवाई प्रत्याक्रमण

जेरुसेलम–हिजबुल्लाह लडाकुहरूले मङ्गलवार बिहान उत्तरी इजरायलतर्फ लेबनानमा करिब १०० वटा रकेट प्रहार गरेका छन् । सो रकेट आक्रमणपछि इजरायली पक्षले त्यसको जवाफमा हवाई प्रत्याक्रमण गरेको इजरायली स्रोतले जनाएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार रकेटहरू माथिल्लो ग्यालिली क्षेत्र र इजरायलले कब्जा गरेको गोलान हाइट्समा प्रहार गरिएको थियो तर हवाई प्रतिरक्षा प्रणालीले ती रकेटलाई रोकेको छ ।

इजरायल डिफेन्स फोर्सले आफ्ना लडाकु विमानहरूले बिहान रकेट प्रहार गर्न प्रयोग हुने ३ वटा लन्चरहरूलाई रोकेको बताएको छ ।

बेरुतबाट करिब ४५ किलोमिटर पूर्वमा रहेको लेबनानको बेका उपत्यकामा इजरायली हवाइ आक्रमणको जवाफमा साल्भोस आएको हो। 

गोलान हाइट्स तर्फ हालै हिजबुल्लाह विमान हमलाहरूको बदला लिन हिजबुल्लाहको हवाई सेनासँग सम्बन्धित दुईवटा स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो।

इजरायल सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको बेका उपत्यकालाई हिजबुल्लाहको गढ मानिन्छ।
 

salt training

कमेन्ट गर्नुहोस्