३२ असार २०८३, बिहीबार

अष्ट्रेलियाका प्रधानमन्त्रीले ल्याए आदिवासीका लागि आवास योजना

फागुन २९, २०८०
काठमाडौं
अष्ट्रेलियाका प्रधानमन्त्रीले ल्याए आदिवासीका लागि आवास योजना

क्यानबेरा–अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेसले आदिवासी समुदायका निम्ति नयाँ घर निर्माण गर्न अर्बौं डलरको नयाँ कोषको योजना घोषणा गरेका छन् ।    

अल्बानेसले मङ्गलवार सङ्घीय र उत्तरी क्षेत्र (एनटी) सरकारबाट उत्तरी क्षेत्र भरिका दुर्गम समुदायका लागि आवास निर्माण गर्न चार अर्ब अष्ट्रेलियन डलर (२.६ अर्ब अमेरिकी डलर)को संयुक्त लगानी कोष घोषणा गरेका छन् ।

यस योजनाअनुरुप सरकारले सन् २०१८ यता ७३ वटा दुर्गम क्षेत्रका समुदायका लागि ६५० वटा घर निर्माण गरेको छ । यही कार्यक्रमको निरन्तरताअन्तर्गत प्रत्येक वर्ष २७० वटा नयाँ घर निर्माण हुने अनुमान गरिएको छ ।

‘आजको घोषणाले दुर्गम समुदायको आवासको अवस्थामा सुधार ल्याउने र आदिवासी र गैर–आदिवासी अस्ट्रेलियालीबीचको खाडल कम गर्न मद्दत गर्नेछ,’ अल्बानेसले घोषणा कार्यक्रममा भनेका छन् ।

उक्त कोषमा आधाभन्दा बढी लगानी सङ्घीय सरकारबाट प्राप्त हुनेछ भने १२ करोड अस्ट्रेलियाली डलर एनटी सरकारको हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्