३२ असार २०८३, बिहीबार

कांग्रेसले धोकेबाजको आरोप लगाउन मिल्दैन : प्रचण्ड

फागुन ३०, २०८०
काठमाडौं
कांग्रेसले धोकेबाजको आरोप लगाउन मिल्दैन : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसले प्रचण्डबाट धोका पायौं भनेर भन्न नमिल्ने बताएका छन् ।

तेस्रोपटक प्रतिनिधि सभामा विश्वासको मत लिँदै गर्दा प्रचण्डले मलाई धोका भयो भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउन मिले पनि कांग्रेसले नमिल्ने प्रचण्डले बताए । 

‘राष्ट्रिय सहमतिको आधार पार्न कांग्रेसलाई सामेल बनाउन पहल गरें । मलाई प्रधानमन्त्री बनाउन भनेर अन्तिम समयमा सहमति तोड्दा पनि मैले नै पहल गरेर मैंले नै राष्ट्रपति कांग्रेसलाई जिताउन पहल गरेको होइन ? यति छिट्टै गुन बिर्सेर धोका दियो भन्ने ? कति छिट्टै बिर्सेको ?’, प्रचण्डले कांग्रेसलाई प्रश्न गर्दै भने, ‘मलाई धोका दियो भनेर केपी ओलीले आरोप लगाउँदा मिल्दोजुल्दो हुन्छ तर कांग्रेसले आरोप लगाउँदा मिल्दो हुँदैन ।’

कांग्रेसले आरोप लगाउँदा स्वीकारेको जस्तो हुने भनेर आफू बोल्न बाध्य भएको उनले बताए । ‘केही नबोल्दा मैंले स्वीकारेको जस्तो हुन्छ । तर पटकपटक माओवादीले बलिदानी गरेर कोशीमा कांग्रेसलाई मुख्यमन्त्री बनाएको होइन ? माओवादी केन्द्रको नेतालाई मुख्यमन्त्री बनाउने भनेर सहमति गर्दा कांग्रेसबाट विद्रोह भएर मुख्यमन्त्री बन्दा माओवादीमाथि धोका भएको होइन ?’ प्रचण्डले भने ।  

मन्त्री फेरबदलमा कांग्रेसको किचलो, गुटगत तनाव र महासमितिमा माओवादी र गठबन्धन विरोधी गतिविधिले आफूलाई समीकरण बदल्न बाध्य बनाएको पनि प्रचण्डको भनाइ छ । 

साथै, राष्ट्रको हित, सुशासनलाई तीव्रता दिने सोच, विकास र समृद्धिको लागि जनताको चाहनाका कारण आफूले नयाँ समीकरण बनाएको प्रचण्डले बताए । अरु कुरा तपशीलको भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्