!['औसत उपलब्धिमा रमाउने अवस्था छैन, युगान्तकारी काम गर्ने मेरो संकल्प छ' [पूर्ण पाठ]](https://lktcdn2.prixacdn.net/media/pm_prachanda_XEBiDyO0Az.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनहितमा युगान्तकारी काम गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार संसद्मा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले आउँदा दिनमा सरकारका काम र परिणामबाटै प्रमाणित गर्ने बताए ।
अघिल्लो गठबन्धनमा आफू सुरक्षित हुँदाहुँदै पनि जोखिम उठाएर नयाँ बनाएकव् उनले बताए । ‘मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता–गठबन्धनमा म व्यक्तिका रूपमा अप्ठ्यारोमा थिइनँ । प्रधानमन्त्री पद पनि असुरक्षित थिएन । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन । तर, देश आज औसत उपलब्धिहरूमा रमाउन सक्ने अवस्थामा छैन,’ उनले भने, ‘औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु । मेरो प्रतिवद्धतामा यो सम्मानित संसदले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ ।’
यस्तो छ सम्बोधनको पूर्ण पाठ