०५ साउन २०८३, मंगलबार
त्रिदेशीय टी–२० क्रिकेट शृंखला

पीएनजीसँग भारी अन्तरले पराजित हुँदै नेपालले गुमायो टी–२० शृंखलाको उपाधि

फागुन ३०, २०८०
काठमाडौं
पीएनजीसँग भारी अन्तरले पराजित हुँदै नेपालले गुमायो टी–२० शृंखलाको उपाधि

नेपालले हङकङमा मंगलवार भएको त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधि गुमाएको छ ।

मंगलवार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)सँग ८६ रनको भारी अन्तरले पराजित हुँदै नेपालले उपाधि गुमाएको हो ।

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराब ब्याटिङ गर्यो । नेपालले पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि त्यो क्रम लगातार रह्यो ।

नेपाल १६.३ बलमा अलआउट हुँदै ८५ रनमा सीमित भयो । 

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए । आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

लोकेश बम र गुल्सन झाले ६/६, कुशल भुर्तेलले ५, विनोद भण्डारी ४ रन जोडेर आउट भए ।

यस्तै करण केसी ३, विवेक यादव १ रनमा आउट भए । यसैगरी प्रतिश जीसी र आकाश चन्दले कुनै रन जोड्न सकेनन् । आकाश अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । 

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

पीएनजीले मंगलवार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको हराउँदै फाइनल यात्रा तय गरेको थियो । नेपालले भने मंगलवार नै पीएनजीमाथि ८५ रनको जीत निकाल्दै फाइनल पक्का गरेको हो ।

लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोडेका थिए । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।

नेपाल र हङकङबीचको श्रृंखलाको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाँडेका थिए ।
 

कमेन्ट गर्नुहोस्