३२ असार २०८३, बिहीबार

रुसी सैन्य कार्गो विमान दुर्घटनाः १५ जनाको मृत्यु

फागुन ३०, २०८०
काठमाडौं
रुसी सैन्य कार्गो विमान दुर्घटनाः १५ जनाको मृत्यु

मस्को–मङ्गलवार रुसको राजधानी मस्कोस्थित उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्ताननजिकै रुसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

विमानको एउटा इन्जिनमा आगो लागेपछि आईएल–७६  विमान जङ्लमा खसेको रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै द न्युयोर्क पोस्टले बुधवार जनाएको छ ।

सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठजना चालक दलका सदस्य र सात यात्रुसहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन ।

न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सप्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ ।

अनलाइन समाचारमाध्यामहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् ।

मस्कोको स्थानीय समयअनुसार दिउसो १ बजे एउटा आइएल–७६ सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उद्धृत गरेको छ ।

इन्जिनमा आगलागी लागेका कारण दुर्घटनाको भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरेलगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख छ । 

चालकहरूले आपतकालीन अवतरणका लागि एयरफिल्डमा फर्कने प्रयास गरेपनि उनीहरूको उक्त प्रयास सफल नभएको मन्त्रालयले जनाएको छ ।

टेलिग्राम च्यानल–११२ ले जनाएअनुसार बोगोरोड्स्को गाउँ बाहिरको चिहान नजिकैको जङ्लमा दुर्घटना हुनुअघि जलिरहेको विमानलाई आवासीय क्षेत्रभन्दा बाहिर निकाल्न चालकदल सक्षम भएको थियो । 

यो दुर्घटना यो वर्षको दोस्रो आईएल– ७६ दुर्घटना हो । सन् २०२४ को जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जना यात्रु बोकेको विमान खसाल्दा सबैको मृत्यु भएको रूसी समाचार संस्था तासले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्