०९ साउन २०८३, शनिबार

च्याम्पियन्स लिग: अन्तिम ८ मा पुग्ने सबै टिमको टुंगो

चैत १, २०८०
काठमाडौं
च्याम्पियन्स लिग: अन्तिम ८ मा पुग्ने सबै टिमको टुंगो

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्डले क्वार्टरफाइनल पक्का गरेसँगै सबै टिमको टुंगो लागेको हो।

यसअघि बार्सिलोना, रियल मड्रिड, आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पीएसजी अन्तिम आठमा पुगिसकेका छन् ।

बुधबार राति अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्‍यो । पहिलो लेगमा इन्टर २–१ ले विजयी भएको थियो । तर, दोस्रो लेगमा एट्लेटिकोले  २–१ को नतिजा निकाल्दा समग्रमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो ।

यस्तै, जर्मन क्लब बोरुसिया डर्टमन्ड पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पीएसभीलाई २–० ले हराएपछि समग्रमा ३–१ को नतिजासहित डर्टमन्ड अन्तिम ८ मा पुगेको हो। पहिलो लेगमा १–१ को बराबरी भएको थियो ।

अब च्याम्पियन्स लिगको ड्र शुक्रबार सार्वजनिक हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्