१२ असार २०८३, शुक्रबार

कर्णाली पुलको क्षतिबारे अध्ययन गर्दै प्राविधिक टोली

चैत १, २०८०
काठमाडौं
कर्णाली पुलको क्षतिबारे अध्ययन गर्दै प्राविधिक टोली

आगलागीबाट क्षतिग्रस्त कैलालीको चिसापानीस्थित कर्णाली पुलमा हाल आवतजावत बन्द गरिएको छ । पुलमा यातायात बन्द गरिएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधन हुलाकी राजमार्गअन्तर्गत टीकापुर–नेपालगन्जको वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् ।

सोमबार पुलमाथि गुड्दै गरेको ट्रकमाथि आगलागी हुँदा पुलको १४ सपोर्ट तारमा आंशिक क्षति पुगेको छ । 

सडक विभागअन्तर्गत पुल महाशाखाको प्राविधिक टोलीले क्षतिबारे अध्ययन गरिरहेको छ। क्षतिग्रस्त भएका वस्तुको नमुना लिएर टोलीले ल्याबमा परीक्षण गरिरहेको जनाएको छ । पुलबाट आवागमन नियमित अझै कम्तीमा तीन दिन लाग्ने टोलीले जनाएको छ। 

पुलको सतह र लठ्ठाको तारमा भएको क्षति तथा सवारीसाधन सञ्चालनका लागि गर्नुपर्ने मर्मतसम्भारबारे अध्ययन भइरहेको पुल महाशाखाले जनाएको छ । 

ट्रकमा लागेको आगो करिब चार घण्टापछि नियन्त्रणमा लिइएको थियो। आगलागीबाट ट्रक र त्यसमा रहेका एक हजार एक सय कार्टुन लाइटर जलेर नष्ट भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्