३१ असार २०८३, बुधबार

चिनियाँ उत्पादनको मूल्य बढ्यो

चैत १, २०८०
काठमाडौं
चिनियाँ उत्पादनको मूल्य बढ्यो

बेइजिङ– चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको शुरूमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीवार देखाएको छ ।

स्टिल ट्युब, पेट्रोल, कोइला, मल र केही रसायनसहित नौ श्रेणीमा वर्गीकरण गरिएका ५० प्रमुख वस्तुमध्ये २७ वस्तुमा यस अवधिमा उच्च मूल्य देखिएको, २१ वस्तुको मूल्य घटेको र दुई उत्पादनको मूल्य यथावत् रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ ।

यस अवधिमा सुँगुरको मासुको मूल्य ४।४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । 

हरेक १० दिनको अन्तरालमा सार्वजनिक हुने यो तथ्याङ्क देशभरका ३१ प्रान्तीयस्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता तथा वितरकको सर्वेक्षणमा आधारित छ ।
 

salt training

कमेन्ट गर्नुहोस्