०९ असार २०८३, मंगलबार

रामेछापको टार सिमन्तीमा आगलागी, १४ घर जले

चैत १, २०८०
रामेछाप
रामेछापको टार सिमन्तीमा आगलागी, १४ घर जले

 रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ  जलेका छन् । आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन् ।  नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन् । 

आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका  प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली  आगो निभाउन घटनास्थल पुगेको थियो । अहिले आगो निभाइएको छ ।  क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको  प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए ।  
आगलागीबाट घरसँगै लत्ताकपडा र  खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ । अग्निपीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको नगर प्रमुख लवश्री न्यौपानेको भनाइ छ। उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक सङ्घसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्