
रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आजदेखि मतदान शुरू भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार रुसको सबैभन्दा पूर्वी क्षेत्र कामचटका प्रायद्वीपमा शुक्रबार बिहान स्थानीय समयअनुसार बिहान ८ बजे मतदान शुरू भएको हो ।
आजबाट तीन दिन अर्थात् आइतबारसम्म मतदान हुनेछ । तर, विश्वसनीय प्रतिपक्षको अभावमा यो चुनाव औपचारिकता मात्र बनेको बीबीसीले जनाएको छ । भ्लादिमिर पुटिनले पाँचौं पटक जित्ने पूर्ण सम्भावना छ ।
राष्ट्रपति पुटिनले बिहीबार रुसी मतदातालाई देशका लागि यो कठिन समयमा आफूलाई मतदान गर्न अपिल गरेका थिए।