०७ असार २०८३, आइतबार

सुन तस्करी जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

चैत २, २०८०
काठमाडौं
सुन तस्करी जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले बुझाएको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका हुन् । 
 
प्रधानमन्त्री प्रचण्डले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको लामिछानेको सचिवालयले जनाएको छ । प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित दिएको उनले बताए । 
 
प्रधानमन्त्रीको निर्देशनसँगै उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको उनको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

कमेन्ट गर्नुहोस्