०५ साउन २०८३, मंगलबार

आठ वर्षमा पनि बन्न नसकेको सडकको निरीक्षणमा यातायातमन्त्री

चैत २, २०८०
बुटवल
आठ वर्षमा पनि बन्न नसकेको सडकको निरीक्षणमा यातायातमन्त्री

निर्माण थालिएको ८ वर्षसम्म समेत बन्न नसकेको बुटवलको मुख्य बजार क्षेत्रको सडकको अवस्थाबारे उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शुक्रवार निरीक्षण गरेका छन् । 

साढे तीन किलोमिटर बाटोको निरीक्षण गर्दै मन्त्री महासेठले समस्या समाधान गरी निर्माणको काम छिटो अघि बढाउन सम्बन्धित निर्माण कम्पनीका कर्मचारीलाई आग्रह गरे । 

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले बुटवलको  राजमार्ग  चौराहाबाट पूर्वतर्फ  नारायणगढ जाने सडक र उत्तरतर्फ गोलपार्क जाने सडकबारे मन्त्री महासेठलाई जानकारी गराएका थिए । उनले उक्त सडकको निर्माण छिटो–छरितो ढंगबाट निर्माण गर्न आग्रह पनि गरे । 

null

अहिले चौराहादेखि गोलपार्कसम्मको मेन क्याजवेमा लेभल मिलाउन पिच भएको छ । तर, साइटको काम अधुरै छ । सडकको दायाँ र बायाँ नालीसहितको सर्भिस लेन निर्माणकै अवस्थामा छ । 

द कञ्चनजङ्गा विरुवा जेभीले सडक निर्माणको ठेक्का लिएको छ । अहिले निर्माण कम्पनीले नालीमा ढक्कन बनाउनुबाहेक अरू काम गरेको छैन ।

लामो समयसम्म सडक नबन्दा बुटवलबासीले सास्ती खेप्दै आएका छन् । ​कार्ययोजनाअनुसार काम नगर्दा सडक निर्माण म्याद पटक–पटक थपिँदै आइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्