०६ साउन २०८३, बुधबार

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्ता बन्द हुने

चैत ७, २०८०
बुटवल
रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्ता बन्द हुने

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्ता बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले रिडीदेखि तम्घास खण्डको २५ किलोमिटरसम्म सडक निर्माणको काम गर्नुपर्ने भएकोले आजदेखि तीन हप्ता बन्द हुने जनाएको हो ।

सडक निर्माणको क्रममा पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्न ७ चैतदेखि मसान्तसम्म तीन हप्ता सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयको सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन्। 

जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सडक बन्द गर्ने निर्णय गरेको हो। ७ चैतबाट बिहान १० बजेदेखि ४ र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने शर्माले बताइन्।

विकल्पको लागि पानीट्यांकी–थोर्गा स्यालपोखरी–साल बिसौनीदेखि रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी, लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी र घुम्ती–चारापाला–खज्र्यांक हुँदै रिडीको सडक प्रयोग गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालयले सार्वजनिक सूचनामार्फत् आह्वान गरेको छ। मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा ४१ किलोमिटर सडक निर्माणको काम शुरू भएको छ।

कमेन्ट गर्नुहोस्