२६ जेठ २०८३, मंगलबार

‘नवीनतम्’ कार्यमा युवालक्षित बजेट आवश्यक  :  मन्त्री श्रेष्ठ

चैत ७, २०८०
काठमाडौं
‘नवीनतम्’ कार्यमा युवालक्षित बजेट आवश्यक  :  मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आगामी बजेटमा नवीनतम् कार्यमा युवालक्षित बजेट ल्याइने बताएका छन् । 
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज आयोजित ‘ब्रेन ड्रेन भरर्सेज गेन’ : नेपालमा युवा लागि शिल्प अवधारणाका रणनीतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा ‘वातावरण र आर्ट’को योजनामार्फत युवालाई ‘इनोभेटिभ’ कार्यमा लगाइने बताए ।

“आउँदो बजेटमा इनोभेटिभ कार्यमा युवालक्षित बजेट ल्याइनेछ,” मन्त्री श्रेष्ठले भने, “यसका लागि बजेटमा वातावरण र आर्टको योजनामा छलफलको आवश्यकता छ ।” आगामी बजेटमा वातावरण र आर्ट विषयक योजनाका लागि युवा वर्गले ‘प्रपोजल’ बनाउन उनले आग्रह गरे ।

मन्त्री श्रेष्ठले जलवायु परिवर्तन र वातावरण वर्तमान युवा पुस्ताको चुनौती भएकाले यसलाई मूल मुद्दाका रुपमा लिइनुपर्ने बताए ।  नयाँ प्रविधि मात्र हैन, इनोभेसनका समस्यालाई नयाँ तरिकाले समाधान गर्ने प्रविधिमा लाग्न युवा वर्गप्रति उनको आग्रह थियो । 

मन्त्री श्रेष्ठले फरक प्रसङ्गमा नेपालको नयाँ व्यवस्थामा धेरै काम गर्न बाँकी रहेकाले सकारात्मक सोचपूर्वक धैर्यताको खाँचो औँल्याए । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिव रामकुमारी झाँक्रीले विदेशिने अर्थात् तेस्रो मुलुकमा बसाइँसराइ विश्वको समस्या भएकाले आत्तिइहाल्नुपर्ने विषय नभएको दाबी गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्