×

NMB BANK
NIC ASIA

रफा दबाब बढ्दै जाँदा अमेरिकाको भ्रमण गर्दै इजराइली रक्षामन्त्री

काठमाडाैं | चैत ७, २०८०

NTC
Premier Steels

इजरायल–गाजाको रफामा योजनाबद्ध आक्रमण रोक्न दबाब बढिरहेका बेला इजराइली रक्षमन्त्री योभ ग्यालान्टले आगामी साता अमेरिकाको भ्रमण गर्न लाग्नुभएको सरकारले बुधवार बताएको छ । 

Muktinath Bank

अमेरिकाले समेत विरोध गरेको नियोजित आक्रमणका बारेमा छलफल गर्न ‘अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधमा’ एउटा प्रतिनिधिमण्डल अमेरिका जाने इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले घोषणा गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणको जवाफमा युद्ध सुरु भएपछि वासिङ्टनको आफ्नो पहिलो भ्रमणका क्रममा ग्यालान्टले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट गर्नुहुनेछ तर भ्रमणको मिति घोषणा गरिएको छैन । 


Advertisment
Nabil box
Kumari

‘उहाँले हमासले बन्धक बनाएका सबै बन्धकको रिहाई सुनिश्चित गर्ने प्रयास, प्यालेस्टिनी नागरिकसम्म पुग्नका लागि थप मानवीय सहायताको आवश्यकता र रफामा शरण लिएका १० लाखभन्दा धेरै मानिसको सुरक्षा सुनिश्चित गर्ने योजनाहरूबारे कुराकानी गर्नुहुनेछ,’ एक अमेरिकी रक्षा अधिकारीले भने । 

Vianet communication

प्रधानमन्त्री नेतान्याहुले गाजामा हमासलाई समाप्त पार्न रफामा अपरेसन आवश्यक रहेको बताएका छन् तर गाजाका अन्य भागबाट विस्थापित भएकासहित रफामा १५ लाख मानिसको उपस्थितिले ठूलो मानवीय हताहत हुने चिन्ता बढाएको र यस क्षेत्रमा मानवीय सङ्कट थप गहिरो बनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले सोमवार आफूले नेतान्याहुलाई रफामा पूर्णस्तरको सैन्य अभियानबाट बच्ने तरिकाबारे छलफल गर्न एउटा टिमलाई वासिङ्टन पठाउन भनेको बताएका थिए । 

नेतान्याहुको कार्यालयले रणनीतिक मामिलामन्त्री रोन डर्मर र राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले अनुरोध गरिएको वार्ता गर्नुहुने बताएको छ । यद्यपि कार्यालयले वासिङ्टनका लागि प्रतिनिधिमण्डल कहिले प्रस्थान गर्नेछ भन्नेबारे केही बताएको छैन । 

अमेरिकी रक्षामन्त्री अस्टिनसँगको इजराइली रक्षामन्त्री ग्यालान्टको निर्धारित बैठक बाइडेनले अनुरोध गरेको प्रतिनिधिमण्डलको भ्रमणसँग अलग भएको अमेरिकी रक्षा अधिकारीले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x