०३ साउन २०८३, आइतबार

रफा दबाब बढ्दै जाँदा अमेरिकाको भ्रमण गर्दै इजराइली रक्षामन्त्री

चैत ७, २०८०
काठमाडौं
रफा दबाब बढ्दै जाँदा अमेरिकाको भ्रमण गर्दै इजराइली रक्षामन्त्री

इजरायल–गाजाको रफामा योजनाबद्ध आक्रमण रोक्न दबाब बढिरहेका बेला इजराइली रक्षमन्त्री योभ ग्यालान्टले आगामी साता अमेरिकाको भ्रमण गर्न लाग्नुभएको सरकारले बुधवार बताएको छ । 

अमेरिकाले समेत विरोध गरेको नियोजित आक्रमणका बारेमा छलफल गर्न ‘अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधमा’ एउटा प्रतिनिधिमण्डल अमेरिका जाने इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले घोषणा गरेको छ । 

अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणको जवाफमा युद्ध सुरु भएपछि वासिङ्टनको आफ्नो पहिलो भ्रमणका क्रममा ग्यालान्टले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट गर्नुहुनेछ तर भ्रमणको मिति घोषणा गरिएको छैन । 

‘उहाँले हमासले बन्धक बनाएका सबै बन्धकको रिहाई सुनिश्चित गर्ने प्रयास, प्यालेस्टिनी नागरिकसम्म पुग्नका लागि थप मानवीय सहायताको आवश्यकता र रफामा शरण लिएका १० लाखभन्दा धेरै मानिसको सुरक्षा सुनिश्चित गर्ने योजनाहरूबारे कुराकानी गर्नुहुनेछ,’ एक अमेरिकी रक्षा अधिकारीले भने । 

प्रधानमन्त्री नेतान्याहुले गाजामा हमासलाई समाप्त पार्न रफामा अपरेसन आवश्यक रहेको बताएका छन् तर गाजाका अन्य भागबाट विस्थापित भएकासहित रफामा १५ लाख मानिसको उपस्थितिले ठूलो मानवीय हताहत हुने चिन्ता बढाएको र यस क्षेत्रमा मानवीय सङ्कट थप गहिरो बनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले सोमवार आफूले नेतान्याहुलाई रफामा पूर्णस्तरको सैन्य अभियानबाट बच्ने तरिकाबारे छलफल गर्न एउटा टिमलाई वासिङ्टन पठाउन भनेको बताएका थिए । 

नेतान्याहुको कार्यालयले रणनीतिक मामिलामन्त्री रोन डर्मर र राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले अनुरोध गरिएको वार्ता गर्नुहुने बताएको छ । यद्यपि कार्यालयले वासिङ्टनका लागि प्रतिनिधिमण्डल कहिले प्रस्थान गर्नेछ भन्नेबारे केही बताएको छैन । 

अमेरिकी रक्षामन्त्री अस्टिनसँगको इजराइली रक्षामन्त्री ग्यालान्टको निर्धारित बैठक बाइडेनले अनुरोध गरेको प्रतिनिधिमण्डलको भ्रमणसँग अलग भएको अमेरिकी रक्षा अधिकारीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्