
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर जिल्लामा जान लागेका प्रजिअहरु र अध्यागमनका महानिर्देशकलाई निर्देशन दिएका छन् । अध्यागमन प्रमुखमा कोशहरि निरौलाको सरुवा भएको छ ।
गृहमन्त्री लामिछानेले अध्यागमनका महानिर्देशकलाई सो क्रममा योजना ल्याउन आग्रह गरे । बुधबार लामिछानेले भने, ‘अध्यागमनमा सेवाग्राहीले सास्ती भोग्नु नपरोस् ।’
मंगलबार गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन गरेको थियो । सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने उल्लेख गरे ।
सेवा प्रवाह, तस्करी, गुण्डागर्दी र प्राकृतिक दोहन नियन्त्रण गर्न तत्काल सुधारका योजना बनाएर लागु गर्न लामिछानेले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।