२४ जेठ २०८३, आइतबार
गैरकानूनी सम्पत्ति आर्जन

२१ वर्षमा शाखा अधिकृतको सम्पत्ति करिब सात करोड, अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

चैत ८, २०८०
काठमाडौं
२१ वर्षमा शाखा अधिकृतको सम्पत्ति करिब सात करोड, अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वीकाठमाडौं नयाँ शहरी विकास आयोजनामा पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

कार्कीविरुद्ध तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार कार्की सार्वजनिक सेवा गरेको अवधि (२०५८/०४/१६-२०७९/१२/३०)को आय-व्ययको विश्लेषण गर्दा कुल आम्दानी तीन करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ रहेकोमा कुल ६ करोड ९८ लाख ४६ हजार ६०३ खर्च तथा लगानी गरेको देखिएको छ ।

त्यसमध्ये तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैंयाको वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत/असुल उपर गर्ने प्रयोजनका लागि मात्र निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायमगरी स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्