
मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्विडेनमाथि शानदार जीत हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलले स्विडेनलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा राफेल लिओ, माथेउस नुनेज, ब्रुनो फर्नानडेज, ब्रुमा र गोन्कालो रामोसले एक एक गोल गरे । त्यसैगरी स्विडेनका लागि भिक्टर ग्योकेरेज र गुस्ताफ निल्सनले एक एक गोल गरेका थिए ।
खेलमा क्रिस्टियानो रोनाल्डोसहित पोर्चुगलका प्रमुख खेलाडीहरू खेलेका थिएनन् ।