२५ जेठ २०८३, सोमबार

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की नियुक्त

चैत ९, २०८०
विराटनगर
प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की नियुक्त

कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त भएकी छिन् । 

आज बसेकाे कोशी मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्षमा  कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि नियुक्त भएकी उपाध्यक्ष जिनाजङ्ग कार्की अमेरिका गएपछि उनको ठाउँमा बिन्दियालाई नियुक्त गरिएको हो ।

यस्तै मन्त्रिपरिषद्को बैठकले बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले जानकारी दिए ।

बिन्दिया अघिल्लो कार्यकालकी प्रदेश सभा सदस्य हुन् । उनी कांग्रेस नेता ज्ञानेन्द्र कार्की निकट मानिन्छिन् ।

केन्द्रमा गठबन्धन परिवर्तन भएपछि जिनाजङलाई राजीनामा गराएर बिन्दियालाई नियुक्त गरिएको बुझिएको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँट गर्ने, बेरुजू न्यूनीकरण तथा फर्छ्यौटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डीपी पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्