
वेल्सकी राजकुमारी केट मिडलटनमा क्यान्सर पुष्टि भएको छ । एक भिडियो सन्देश जारी गर्दै उनले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको जनाएकी छन् ।
उनले भनेकी छन्, ‘तर म ठिक छु र हरेक दिन बलियो हुँदै गइरहेकी छु ।’ भिडियोमा केटले गत जनवरीमा पेटको अप्रेसन गरेको खुलाए पनि त्यतिबेला त्यहाँ क्यान्सर देखिएको वा नदेखिएको बताएकी छैनन् । यस्तै उनलाई कुन क्यान्सर भएको भन्नेबारे पनि केही खुलाइएको छैन ।
उनले भनेकी छन्, ‘अप्रेसनपछि गरिएको परीक्षणमा क्यान्सर रहेको पाइयो । मेरो मेडिकल टिमले मलाई केमोथेरापीमा जान सल्लाह दिएपछि म अहिले त्यही गरिरहेको छु ।’