२६ जेठ २०८३, मंगलबार

जेएनयू विद्यार्थी संघको चुनावमा वामपन्थीको वर्चश्व कायमै, एबीभीपी अध्यक्षसहित चारै पदमा पराजित

चैत १२, २०८०
काठमाडौं
जेएनयू विद्यार्थी संघको चुनावमा वामपन्थीको वर्चश्व कायमै, एबीभीपी अध्यक्षसहित चारै पदमा पराजित
तस्वीर: बीबीसी हिन्दी

भारतको जवाहरलाल विश्वविद्यालयको विद्यार्थी युनियनको निर्वाचनमा फेरि वामपन्थी विद्यार्थी संगठनले जीत हासिल गरेको छ । यसपटक पनि वामपन्थी संगठन मिलेर चुनाव लडेका थिए । जेएनयू निर्वाचन समितिका अध्यक्ष शैलेन्द्र कुमारका अनुसार विद्यार्थी संघमा धनञ्जय अध्यक्ष, अभिजित घोष, महासचिवमा प्रियंशी आर्य र सहसचिवमा मोहम्मद साजिद विजयी भएको बीबीसी हिन्दीले जनाएको छ । 

अध्यक्ष पदमा अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) का धनन्जयले अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) का उमेशचन्द्र अजमिरालाई पराजित गरेका हुन् । धनञ्जयले २५९८ र उमेशचन्द्र अजमिराले १६७६ मत पाए ।

उपाध्यक्षमा स्टुडेन्ट्स फेडरेशन अफ इन्डियाका अभिजित घोष निर्वाचित भएकी छन् । उनले २४०९ मत पाएकी छन् भने एबीभीपीकी दीपिका शर्माले १४८२ मत पाएकी छिन् ।

महासचिवमा बिरसा अम्बेडकर फुले विद्यार्थी संघ (बाप्सा)की प्रियंशी आर्य विजयी भएकी छन् । उनलाई वाम संगठनको समर्थन थियो । उनले २८८७ मत पाइन् । जबकि एबीभीपीका अर्जुन आनन्दले १९६१ मत प्राप्त गरे।

यसबाहेक यस पटक संयुक्त सचिव पदमा अखिल भारतीय विद्यार्थी महासंघ (एआईएसएफ) का मोहम्मद साजिद विजयी भएका छन् । उनले २५७४ मत प्राप्त गरेका छन् । एबीभीपीका गोविन्द डाँगीले २०६६ मत प्राप्त गरेका छन् ।

जेएनयूमा पछिल्लो विद्यार्थी संघको चुनाव २०१९-२० मा भएको थियो, जसमा पनि वामपन्थी संगठनहरूले जित हासिल गरेका थिए । जेएनयू विद्यार्थी संघको स्थापना भएदेखि नै यसमा वामपन्थी विचारधाराका विद्यार्थी संगठनहरूको प्रभुत्व रहेको छ । हालसम्म भारतीय विद्यार्थी महासंघले २२ पटक अध्यक्ष पद जितेको छ भने अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) ले ११ पटक अध्यक्ष पद जितेको छ । त्यसैगरी, आरएसएसको विद्यार्थी संगठन एबीभीपीले अहिलेसम्म एक पटक मात्र अध्यक्ष पद जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्