२५ जेठ २०८३, सोमबार

दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

चैत १२, २०८०
काठमाडौं
दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले झापामा रहेको दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ ।

न्यायाधीश डा. कुमार चूडाल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमवार बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको हो ।

प्रसाईंको माग अनुसार सम्बन्धन दिन आदेश दिएको सर्वोच्चका सह प्रवक्ता गोविन्द अधिकारीले लोकान्तरलाई जानकारी दिए ।​

आशय पत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी लगायतविरुद्ध प्रसाईंले २०७७ असार २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । 

प्रसाईंको कलेजलाई सम्बन्धन नदिन माग गर्दै डा. गोविन्द केसीले पटक-पटक अनशन गरेका थिए ।

केसीले प्रसाईंलाई मेडिकल माफियाको संज्ञा दिँदै बीएण्डसीलाई सम्बन्धन दिन नहुने माग राख्दै आएका छन् ।

मेडिकल कलेज सञ्चालन गर्न भन्द्र प्रसाईंले झापाको विर्तामोडमा अत्याधुनिक उपकरणसहितको अस्पताल संचालनमा ल्याएका छन् । ​​

बैंकबाट ऋण लिएर संरचना स्थापित गरे पनि आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिइएपछि प्रसाईं राजनीतिक दलका नेताविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्