
चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोका स्थायी समिति सदस्यसमेत रहेका वाङबीच सोमवार बेइजिङमा भएको छलफल आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा दुवै नेताले नेपाल र चीनबीचको सम्बन्ध मजबुत रहेकोमा खुशी व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आइतवार साँझ चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री श्रेष्ठ सोमवार राजधानी बेइजिङ पुगेका थिए ।
विदेश मन्त्रालयका डेपुटी डाइरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारी लगायतले उनलाई स्वागत गरेका थिए ।