१५ असार २०८३, सोमबार

आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति सङ्घ

चैत १२, २०८०
काठमाडौं
आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति सङ्घ

नेपाल नेत्रज्योति सङ्घले  देशैभर रहेका आफ्ना आँखा अस्पताल र  उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ । 

सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाकाे शल्यक्रिया गरेको थियो । सङ्घको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले  सेवा प्राप्त गरेका थिए ।  

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६  आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको र ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको  जानकारी दिए । 

उनले सङ्घले आँखाकाे उपचारसँगै कानको उपचार सेवालाई विसं २०६९ देखि विस्तार गरेको जानकारी दिए । उनका अनुसार सङ्घद्वारा सञ्चालित अस्पतालबाट कानसम्बन्धी उपचार सेवा विस्तार गरेको हो । सङ्घले विसं २०७७ देखि सिबिएमको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा एकीकृत कान तथा आँखा परियोजना प्रारम्भ समेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्