
लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
‘ग्लोबल मनी वीक २०२४’ को अवसरमा सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरूमार्फत विभिन्न विद्यालयमा साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
करिब एक हजार विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा वित्तीय साक्षरता अभिवृद्धि, वित्तीय ज्ञान, मनोवृत्ति विकासका बारेमा जानकारी गराइएको थियो ।
युवा विद्यार्थीहरूलाई बैंकले गर्ने कार्यहरू जस्तै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ्ग लगायतका विषयहरू समेटि विद्यालयहरूमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको बैंकले जनाएको छ ।
साथै, उक्त अवसरमा बैंकका शाखा कार्यालयहरूबाट वित्तीय जानकारीमूलक प्लेकार्डहरू प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरेको थियो ।
‘प्रोटेक्ट योर मनी, सेक्योर योर फियूचर’ भन्ने नाराका साथ यो वर्ष (२०२४) को ‘ग्लोबल मनी वीक २०२४’ १८ देखि २४ मार्चमा युवा विद्यार्थीहरूलाई लक्षित गरी बैंकले कार्यक्रम गरेको हो ।
यसबाट बैंकिङ्ग प्रणाली सुद्दढ हुनुका साथै युवा विद्यार्थीहरूमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनीको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्स्टेन्सन काउण्टर) रहेको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरूमा उच्चतम ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।