
बीवाईडी ७० लाख वटा विद्युतीय गाडी निकाल्ने पहिलो कम्पनी बनेको छ ।
यही मार्च २५ मा विश्वकै प्रमुख न्यु इनर्जी भेइकल र पावर ब्याट्री उत्पादक कम्पनी बीवाईडी ७० लाखौं न्यु इनर्जी भेइकल, डेन्जा एन७ सार्वजनिक गर्दै लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको हो ।
चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन७ सार्वजनिक गरेर बीवाईडीले ब्रान्डको लागि सो ऐतिहासिक उपलब्धि हासिल गरिएको कम्पनीले जनाएको छ ।
बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौं मोडल बिक्री गर्दै आएको छ ।
बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीन गुणा पुर्याएको थियो ।
त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पुर्याउन सफल भएको हो ।