
नेपाली कांग्रेसकी सांसद तथा तथा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको भारतको दिल्लीमा 'हाइपर पारा थाइराइडिज्म'को शल्यक्रिया गरिएको छ । विगत दुई वर्षदेखि भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आएकी राणाको दिल्लीस्थित म्याक्स अस्पतालमा बुधबार 'हाइपर पारा थाइराइडिज्म'को शल्यक्रिया गरिएको हो ।
हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइराइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइराइडिज्म भनिन्छ ।
उनी चैत्र २ गते स्वास्थ्य उपचारका लागि दिल्ली गएकी थिइन् । उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको राणाको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्श अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने छ ।
