२६ जेठ २०८३, मंगलबार

बोआओ फोरममा विष्णु पौडेलको सम्बोधन– नेपालले विकासको गतिलाई तीव्रता दिने विश्वास

चैत १५, २०८०
काठमाडौं
बोआओ फोरममा विष्णु पौडेलको सम्बोधन– नेपालले विकासको गतिलाई तीव्रता दिने विश्वास

पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले ’विश्व विकास पहलकदमी (जीडीआई)’ शुरू गरेकोमा चीनलाई धन्यवाद दिएका छन् । 

चीनको बोआओमा आयोजित ’ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वर्ल्ड पिस’ कार्यक्रममा बिहीवार सम्बोधन गर्दै उनले जीडीआईले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन र डिजिटल विकासलाई प्राथमिकतामा राखेकोमा आफू खुसी भएको बताए । 

’कुनै पनि देशलाई पछाडि नछोड्ने र विकासका प्राथमिकताका क्षेत्रहरूलाई सम्बोधन गर्ने दृष्टिकोणमा जीडीआईले लिएको पहलकदमी नेपालको आफ्नै विकासका प्राथमिकतासँग पनि जोडिएको छ,’ सम्बोधनका क्रममा पौडेलले भने ।

उनले जीडीआई फोरमले एसियासँगै विश्वका अन्य क्षेत्रको विकासका लागि महत्वपूर्ण मुद्दाकेन्द्रित वार्ता र छलफलका लागि ठाउँ सिर्जना गरिदिएको भन्दै चीनको प्रशंसासमेत गरे । 

null

‘यस वर्षको विषयवस्तु ’ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वर्ल्ड पिस’ निकै समयसापेक्ष छ,’ उनले भने, ’किनकि विकास र शान्तिको मार्गमा जटिल चुनौतीहरूको सामना गरिरहेका छौं । यो फोरमले त्यसको समाधानका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

एसियाली देशहरूबीच एकआपसमा सहयोग प्रवर्द्धन गर्न ’बोआओ फोरम एसिया (बीएफए)को योगदानले जीडीआईको विश्वव्यापी साझेदारीको आह्वानसँग मेल खाने उनले बताए । 

सम्बोधनका क्रममा उनले भने, ’विश्वव्यापी मुद्दामा सहकार्य गरेर अघि बढ्ने, ज्ञान आदानप्रदान गर्ने र नवप्रवर्तनलाई बढावा दिने यस मञ्चको पहलकदमीले अन्तर्राष्ट्रिय समुदायले दिगो विकासका लक्ष्यहरू हासिल गर्न सक्छ ।’

नेता पौडेलले यस्ता महत्त्वपूर्ण पहलकदमीमाथि नेपालको प्रतिबद्धतालाई थप जोड दिँदै आफ्नो देश पनि यस समूहमा भाग लिन लागेकोप्रति खुसी व्यक्त गरे । 

उनले पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा बढ्दो अन्तर्राष्ट्रिय सहयोगले नेपालको राष्ट्रिय विकासको गतिलाई तीव्रता दिने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्